अभिवादन

प्रमुख कार्यकारी अधिकृतबाट अभिवादन
हामी सूचना प्रविधीको पूर्ण सदुपयोगमार्फत हाम्रा ग्राहक कम्पनीहरूको व्यवस्थापनका समस्याहरूको समाधान गर्दछौं। हामी कम्पनीहरूको चिकित्सक/अस्पतालको रूपमा उपस्थित भई हाम्रो नेटवर्कमार्फत यी समस्याहरूको निदान सेवा प्रदान गर्दछौं।
२१औं शताब्दीमा, कर्पोरेट व्यवस्थापन प्रणाली सुधारका लागि परम्परागत उच्च-लागत र स्थिर व्यवस्थापन प्रणालीतर्फ लाग्नबाट रोक्न सक्ने सूचना प्रणालीको गुणवत्ता प्रदर्शनको आवश्यकता रहेको छ। तर वास्तवमा धेरै लघु तथा मध्यम आकारका उद्यमहरूका लागि यस्तो सूचना प्रणाली चिन्ताको विषय बनेको छ। हामी एक लघु तथा मध्यम आकारका उद्यमको “ IT चिकित्सक” कोरूपमा, उद्यमका समस्याका निदानमार्फत, संसारकै एक अग्रणी एकीकरणकर्ताका रूपमा प्रस्तुत हुने आकांक्षा राख्दछौं। सूचना प्रणालीका लागी उपयुक्त कदमहरू चाल्ने क्रममा उपचार (समाधान)मा मात्र नभई रोकथाम (निवारण)मा समेत ध्यान केन्द्रित गर्ने गर्दछौं।
हाम्रो कार्य क्षेत्र व्यापक भई, लाइसेन्स प्रमाणपत्र प्राप्ती तथा भविष्य-उन्मुख, गुण बढाइएको र लचिलो उत्पादन सामग्रीको विकास उद्देश्यका निम्ती कार्यालयका विभिन्न कार्यहरूको प्रणालीकरण, नवीनतम प्रविधिको प्रणालीका भागहरूको विकास र जुनसुकै आन्तरिक र बाह्य वातावरणलाई मिलाउने कार्यमा टेवा पुर्याई, अद्वितीय उत्पादन, प्रविधि र सेवा उपलब्ध गराउँदछौं। यसबाहेक डिजिटल सामग्री, इन्टरनेट, मल्टिमिडिया, मोबाइल फोन, औंठाछाप प्रमाणीकरण, आवाज पहिचान, CRM, ERP जस्ता अग्रिम प्राविधिक क्षेत्रहरूको थालनी गरी निरन्तर रूपमा अनुसन्धान र विकास र मौलिक आविष्कारहरू गर्दै आएका छौं।
प्रणाली विकासका सम्पूर्ण प्रक्रियाहरूमा पेशेवर हुनका लागी आवश्यक ज्ञान र प्रविधिका साथसाथै परामर्श, प्रस्तुती, दस्तावेज, सञ्चार जस्ता OJT हरूमा ध्यान केन्द्रित गर्दछौं। IT चिकित्सकहरूको एक असली पेशेवरकारूपमा उन्नतीका निम्ती हाम्रा मौलिक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दछौं। यसबाहेक वातावरण व्यवस्थापन, जानकारी सुरक्षा, बौद्धिक सम्पत्ति अधिकार जस्ता व्यवस्थापन तत्वहरूलाई ध्यान दिंदै व्यवस्थापन गतिविधिहरूमार्फत सामाजिक योगदान प्रदान गर्दछौं।
प्रमुख कार्यकारी अधिकृत ताकाशी साकुराइ
कपीराइट © सर्वाधिकार SakuraISM मा निहित
※SakuraISM XON Holistic Matrix Groupको व्यवस्थापन अवधारणाको साधारण नाम हो।